झापाका प्रथम शहीद बिश्वनाथ घिमिरेको शालिक निर्माण

झापाका प्रथम शहीद बिश्वनाथ घिमिरेको शालिक निर्माण

झापा , झापाका प्रथम शहीद बिश्वनाथ घिमिरेको शालिकको मेचीनगर नगरपालिका ४ बाहुनडाँगीमा शिलान्यास गरिएको छ ।

 

 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शालिक निर्माण स्थल मेचीनगर नगरपालिका ४ बाहुनडाँगीमा शालिकको शिलान्यास गरेका हुन् ।

शहीद विश्वनाथ घिमिरे शालिक निर्माण समिति तथा शहीद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठान मेचीनगर नगरपालिका—४ बाहुनडाँगी झापाका अध्यक्ष एवम् नेपाली काँग्रेस झापाका उपभासपति राम कट्टेलको सभापतित्व तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नविन वरालले स्वागत गरेका थिए ।

कार्यक्रममा नेता सिटौलाले शालिक निर्माणमा आफुले जस्तो सुकै सहयोग गर्ने र सरकारलाई समेत सहयोग उपलश्ध गराउन आफूले पहल गर्ने भन्दैं नेता सिटौलाले त्यसका लागि प्रस्ताव लिएर आउन प्रतिष्ठानलाई आग्रह गरे ।

१९७१ साल जेठ १९ गते जन्मिएका शहीद घिमिरेको २०१९ साल जेठ ३१ गते प्रजातन्त्र प्राप्तीको लडाईमा पञ्चायती सेनाले झापाको मेचीनगर ८ स्थित पुण्यचोकमा गोली प्रहार गरी हत्या गरेको थियो ।

नेपाली काँग्रेस जिल्ला समिति, झापाले प्रजातन्त्र स्थापनार्थ योगदान दिने जिल्लाभरीका प्रजातान्त्रिक योद्धाहरूको सम्मानकालागि शालिक निर्माण गर्ने निर्णय गरेको नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य सरिता प्रसाई, नेपाली काँग्रेस झापा सभापति उद्धव थापा, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य शहीद घिमिरेका छोरा भगिरथ घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन शालिक निर्माण समितिका सचिव निरज घिमिरेले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )