तीजमा इनरह्वीलको महिला सम्मान

तीजमा इनरह्वीलको महिला सम्मान

बिर्तामोड । नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले तीन जना महिलालाई सम्मान गरेको छ ।

 

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जमुना शर्मा भुषालको अध्यक्षतामा भएको कार्यक्रममा तारा नमस्ते बालआश्रमकी सञ्चालक यसोदा चापागाईं, टेम्पो चालक बृद्धीमाया किस्कु र टीकामाया सुवेदी रहेका छन् । उनीहरुलाई मायाको चिनो , तीजको कोसेली प्रदान गरिएको थियो ।

 

 

तीजको नाममा गरिने फजुल खर्च घटाएर यस्तो कार्यक्रम गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जमुना शर्मा भुषालले बताइन् ।

 

कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी आइपीपी रेणु वंशल, सञ्चारकर्मी लीला अनमोल , इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी ट्रेजरर लुना बस्नेत शिवाकोटी, बोर्ड मेम्बरहरु कमला कटुवाल , बर्षा राजभण्डारी, रेणु गोयल, रेखा अग्रवाल , निलम अग्रवाल , निलम मित्तल ,रोट्र्याक क्लव अफ बिर्तामोड मिडटाउनका अपर्णा शर्मा, अर्चना अधिकारी , शालु कोइरालालगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा सहभागि सवैलाई दर खुवाइएको कार्यक्रमको सञ्चालन इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी मोनिका अग्रवालले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )