डाइनामिक ग्रुपको अध्यक्षमा खगिन्द्रा खुसी

डाइनामिक ग्रुपको अध्यक्षमा खगिन्द्रा खुसी

बिर्तामोड । डाइनामिक ग्रुप नेपाल भद्रपुर–१० चन्द्रगढीको अध्यक्षमा खगिन्द्रा खुसी चयन भएकी छिन् ।संस्थाको वार्षिक साधारणसभाले खुसीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

 

नवगठित समितिको उपाध्यक्ष गीता सुवेदी नेपाल , सचिव अर्जुन खरेल ,सहसचिव पवित्रा ओली , कोषाध्यक्ष चन्द्रमणी पौडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा पुष्प पराजुली , प्रकाश निराकार संग्रौला, विराज बास्कोटा, लक्ष्मी भट्टराई रहेका छन् ।

कृष्ण सुवेदी निराकारको संयोजकत्वमा राजन न्यौपाने, आरती पोख्रेल सहितको तीन सदस्यीय निर्वाचन समितिले उक्त नयाँ समितिको छनोट गरेको थियो ।
डाइनामिक ग्रुपकी अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता तथा प्राध्यापक होम सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्रमणी पौडेलले स्वागत गरेका थिए ।
कार्यक्रममा पुरुषोत्तम अधिकारी ,रागिनी संगीतालयका व्यवस्थापक भरत मैनालीलगायतले नवगठित कार्यसमितिलाई कार्यसफलताको शुभकामना दिएका थिए ।कार्यक्रमको सञ्चालन अर्जुन खरेलले गरेका थिए ।
२०७३ सालमा साहित्य संगीत र कला तथा समाजिक कार्य गर्ने उद्देश्यले डाइनामिक ग्रुपको स्थापना गरिएको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )