एनएमसीको २९ औं साधारणसभा असोज ९ मा

एनएमसीको २९ औं  साधारणसभा असोज  ९ मा

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले २९ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

 

झापाको मेचीनगर –६ काँकरभिट्टामा कर्पोरेट कार्यालय रहेको एनएमसीले बिर्तामोडस्थित कार्यालयमा पत्रकार भेटघाट गर्दै २९ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको हो ।
एनएमसी झापाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य डम्वरबहादुर बस्नेत , प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले संस्थाको नीति तथा कार्यक्रमसहितको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कोरोना महामारीका बीच नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र स्वास्थ्य सुरक्षाका विधीहरु अवलम्वन गरी आगामी असोज ९ गते संस्थाको २९ औं वार्षिक साधारणसभा माइन्युट प्रमाणित साधारणसभाको रुपमा मेचीनगर– १४, दुहागढीस्थित एनएमसी एकीकृत नमुना कृषि फार्म मा गरिने जानकारी दिए ।

संस्थाको २९ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरी संस्थाका ४५ वटा कार्यालयमा कार्यालयगत र २ सय १९ वटा इकाईगतसमितिको भेला गरि संस्थाका सदस्यलाई प्रतिवेदन वितरण गरेर उनीहरुबाट सुझाव संकलन गरिने ,माइन्युट प्रमाणित गर्न ४५ वटा कार्यालयमा कार्यालयगत र २ सय १९ वटा इकाईगतसमितिको भेलाबाट तीन ÷तीन जना प्रतिनिधी छनौट गरी असोज ९ गते साधारण सभा गरिने बताइएको छ ।

असोज ३ गतेदेखि ८ गतेसम्म एकाइगत रूपमा साधारणसभा गरिने र उक्त साधारण सभाबाट अन्तिम माइन्युट प्रमाणितका लागि प्रत्येक एकाइबाट छानिएका ३÷३ जना प्रतिनिधिका बीचमा संस्थाको २९ औं वार्षिक साधारणसभा असोज ९ गते गरिने संस्थाका अध्यक्ष उप्रेतीले बताएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले संस्थाको नीति तथा कार्यक्रमसहितको बार्षिक प्रतिवेदन सार्वजनिकीकरण गर्दै एनएमसीले गरीरहेका र आगामी वर्ष गर्ने कार्यक्रम प्रस्तुत गरेका थिए ।
अध्यक्ष उप्रेतीले सार्वजनिक गरेको प्रतिवेदनमा संस्थाले यस वर्ष मोरङ र इलाममा कार्यक्षेत्र थप गरेको , २०७८ असार मसान्तसम्ममा एक लाख पाँच हजारभन्दा वढी सदस्यहरु रहेको उल्लेख छ ।

त्यस्तै संस्थाको २०७८ साल असार मसान्तसम्मको शेयर पूँजी एक अर्व ११ करोड ६० लाख ६ हजार दुई सय रुपैयाँ , निक्षेप आठ अर्व ८५ करोड ४२ लाख २३ हजार चार सय ३ रुपैयाँ, कर्जा लगानी नौ अर्व २४ करोड ६ लाख ४० हजार नौ सय ९४ रुपैयाँ, , जगेडा कोषमा ६८ करोड र कर अघिको नाफा २७ करोड ४० लाख ६९ हजार पाँच सय ४८ रुपैयाँ रहेको अध्यक्ष उप्रेतीको प्रतिवेदनमा उल्लेख छ ।

असल संस्कार र समृद्धिका लागि एनएमसी स्थापित एनएमसीले वैङकिङ , डेरी, एकीकृत नमूना कृषि फार्म ,एनएमसी सहकारी पसल, चिया उद्योग गरी पाँच वटा व्यवसाय सञ्चालन गरेको बताउँदै अध्यक्ष उप्रेतीले एनएमसी एग्रो सपोर्ट विजनेस, एनएमसी प्याकेजिङ उद्योग, एनएमसी चामल मिल , एनएमसी तोरीको तेल मिल उद्योग सञ्चालन गर्ने जानकारी दिए ।

एनएमसीले यस वर्ष चार सय ४३ जनालाई मृत्यु राहत , ६५ जनालाई दीर्घरोग उपचार राहत, १८ जनालाई घाइते उपचार राहत , १५ जनालाई प्राकृतिक प्रकोप राहत, ६३ जनालाई कोभिड संक्रमित कर्मचारीलाई राहत दिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै एनएमसीले बजार प्रतिनिधीलाई कर्मचारीमा रुपान्तरण,योगदानमा आधारित सामाजिक सूरक्षा कोषमा सहभागिता,संरक्षित पूँजी फिर्ता कोष वितरणलगायतका कार्यक्रम अघि सारेको छ ।
कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )