श्रीकृष्ण प्रणामी युवा परिषद् झापामा टहलदास

श्रीकृष्ण प्रणामी युवा परिषद् झापामा टहलदास

बिर्तामोड । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा टहलदास ओली चयन भएका छन् ।

 

 

संस्थाको बिर्तामोडस्थित सद्गुरुश्री देवचन्द्र सदनमा भएको बाहैं अधिवेसनले ओलीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्ष सुरज सापकोटा र समर्पण खतिवडा, सचिव मोहन अधिकारी,सह–सचिव उमेश मिश्र, कोषाध्यक्ष, कुमार कार्की, सह–कोषाध्यक्ष सुसन खतिवडा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमल पौडेल, सुभल शिवाकोटी, विकास खड्का, मनोज सुवेदी, सुरेश मैनाली, युवराज कट्टेल, डिल्ली पाण्डे, दाताराम तिम्सिना, दिनेश उप्रेती, भुवन कटुवाल, शौरभ रिजाल, पुण्यप्रसाद दाहाल, सरोज गुरागांई, राकेशसिंह ठकुरी रहेका छन् ।
उनीहरुलाई निर्वाचन अधिकृत श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सदस्य सारदा थपलिया तथा श्रीकृष्ण प्रणामी मन्दिर धरानका गादीपति जगतानन्दजी महाराजले टिका लगाउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष सुवास रिजालको अध्यक्षता तथा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय अध्यक्ष नमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाका उपाध्यक्ष दिपकदिनेश दाहालले स्वागत गरेका थिए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष मातृका प्याकुरेल, केन्द्रिय सदस्य सारदा थपलिया, सत्संग सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेत, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश १ का अध्यक्ष अनिल ढुङ्गाना, बिर्तामोड अध्यक्ष दिनोज बजगांई लगायतले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष रिजालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मोहन अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाले सञ्चालन गरेको विभिन्न कार्यक्रमका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो भने प्रारम्भिक समितिका अध्यक्षलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

झापाका ३४ वटा प्रारम्भिक समितिका तीन सय भन्दा बढी प्रतिनिधि, पर्यवेक्षक सुन्दरसाथहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाका सचिव सुरज सापकोटाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )