स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापन तालिम

स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापन तालिम

 

बिर्तामोड । अष्टेलियन गभरर्मेन्ट डिपार्टमेन्ट अफ फरेन अफेयरर्स एण्ड टे«ड र लुथरन वल्र्ड फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोभिड –१९ इमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा(एसएनजेडी) को आयोजनामा मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

 

एसएनजेडीले झापा गाउँपालिका , कचनकवल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्यकर्मी तथा महिला मानवअधिकार रक्षकलाई उक्त तालिम प्रदान गरेको हो ।

कोरोना संक्रमणको समयमा अग्रपङ्तीमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी र  महिला मानवअधिकार रक्षकलाई आत्महेरचाह , तनाव व्यवस्थापन , आधारभूत सञ्चारसीप ,मनोसामाजिक समस्याको कारण ,लक्षण र आयामको वारेमा तालिम प्रदान गरिएको थियो । तालिमको सहजीकरण मनोसामाजिक परामर्शदाता मणी केरुङ र रञ्जना ताजपुरियाले गरेका थिए ।

 

कार्यक्रममा एसएनजेडीका अध्यक्ष सोमनाथ भट्टराई, कार्यक्रम संयोजक कुमार चुडाल , लुथरन वल्र्ड फेडेरेसन नेपालकी कार्यक्रम अधिकृत सपना प्रधान, एसएनजेडीका कार्यक्रम अधिकृत रञ्जन धमलालगायतको सहभागिता रहेको थियो ।

तालिममा झापा गाउँपालिका , कचनकवल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका २८ जना स्वास्थ्यकर्मी तथा पाँच जना महिला मानवअधिकार रक्षकको सहभागिता रहेको थियो । तालिममा सहभागी झापा गाउँपालिकाका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले तालिम फलदायी भएको बताएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )