विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको १२ औँ साधारणसभा

विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको १२ औँ साधारणसभा

बिर्तामोड । झापाको बिर्तामोड –४ मा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न भएको छ ।

 

 

संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षता तथा बचत तथा ऋण केन्द्रीय संघका सञ्चालक सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका सामाजिक शाखा प्रमुख डिल्ली दाहाल , सल्लाहकार युवराज ढकाल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष नविन खरेलले वार्षिक प्रगतिवेदन प्रस्तुत गर्दै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको निषेधाज्ञाका बाबजुत पनि आ. व. ०७७\०७८ मा उल्लेखनीय कारोबार गरेको जानकारी दिएका छन् ।
आ. व. ०७७\०७८ मा संस्थाको सदस्य दुई हजार दुई सय ७९ जना , शेयर पुँजी एक करोड ११ लाख ११ हजार दुई सय रुपैयाँ , निक्षेप संकलन दुई करोड ४४ लाख ६८ हजार ९ सय ४५ रुपैयाँ ७२ पैसा, कर्जा लगानी तीन करोड ५६ लाख ७२ हजार ७ सय ८१ रुपैयाँ ११ पैसा, आम्दानी ६४ लाख८७ हजार ३ सय ५४ रुपैयाँ ४१ पैसा, खर्च ४४ लाख ६८ हजार ९ सय १ रुपैयाँ खर्च गरेको छ भने नाफा १३ लाख १७ हजार ६ सय ६ रुपैयाँ १३ पैसा गरेको संस्थाका अध्यक्ष खरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले बाल बचत, अञ्जलि हस्पिटलमा शेयर सदस्यलाई उपचारमा छुटको व्यवस्था, व्यवस्थित सहकारी पसल सञ्चालन, रक्तदान , स्वास्थ्य शिविर , व्युटिशियन तालिम, सहकारी शिक्षा , हस्तकला उद्योगलाई प्रोत्साहन, विराट सदस्य स्वास्थ्य राहत कोष, परिवार राहत, जीवन बीमा कार्यक्रम, किस्तावन्दी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख छ ।

अञ्जलि हस्पिटलबाट संस्थाका ३१ जना शेयर सदस्यलाई उपचारमा छुटको व्यवस्था गरेको, बचत वृद्धि , कर्जा लिएका ऋणीलाई एसएमएसमार्फत सूचना पठाउने कार्य थालनी, कोरोना संक्रमित सदस्यका लागि हामी छौं तपाईंको साथमा अभियान मार्फत घरमै पुगेर पौष्टिक आहरा प्रदान गरेको, रक्तदानमा एक सय ६५ पिन्ट रगत संकलन गरेर झापामै प्रथम भएको, नियमित कारोवारको आधारमा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाबाट सम्मानित भएको प्रतिवेदनमा उल्लेख छ ।संस्थाले यो वर्ष कोरोनाका कारण स्व.नरमाया शिक्षाकोषको पुरस्कार, अन्य पुरस्कार र सम्मान प्रदान नगरेको जनाएको छ ।

कार्यक्रममा कर्जा उपसमिति संयोजक यादवकुमार ओलीले कर्जा उपसमितिको प्रतिवेदन र सचिव डिल्लीराम प्रसाईंले सचिवको प्रतिवेदन  प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष यादवकुमार ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )