विश्व पोलियो दिवसमा झापाका रोटरी क्लवको सचेतना

विश्व पोलियो दिवसमा झापाका रोटरी क्लवको सचेतना

बिर्तामोड । विश्व पोलियो दिवसको अवसरमा झापाका रोटरी क्लवहरुको आयोजनामा बिर्तामोडमा सचेतना ¥यालीसहित मास्क बितरण गरिएको छ ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोटरी क्लव अफ बिर्तामोड , रोटरी क्लव अफ सुरूङ्गा, रोटरी क्लव अफ भद्रपुर , रोटरी क्लव अफ दमक, रोटरी क्लव अफ काँकरभिट्टा र रोटरी क्लव अफ मेचीनगर , रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउन,इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक क्लव अफ बिर्तामोड, रोट्रयाक क्लव अफ सुरूङ्गा, रोट्रयाक क्लव अफ मेचीनगर , रोट्रयाक क्लव अफ इँटाभट्टा , रोट्रयाक क्लव अफ काँकरभिट्टालगायतको संयुक्त आयोजनामा पोलियो सम्बन्धी सचेतना ¥यालीसहित मास्क बितरण गरिएको हो ।

बिर्तामोडस्थित वनस्टप मलबाट शुरु भएको ¥यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो । पोलियो उन्मूलन गरौं भन्ने नारा लेखिएको टिसर्टसहित ¥यालीमा सहभागी रोटरियनहरुले बिर्तामोडमा मास्कसमेत वितरण गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले बताए ।

पोलियो लगभग अन्त्य हुने अवस्थामा पुगेको बताउँदै उनले अबको ३ वर्षमा नेपालबाट पोलियो उन्मुलन हुने दाबी गर्दै त्यो लक्ष्य पूरा गर्ने जिम्मा रोटरीहरुको भएको बताए ।

कार्यक्रममा सहभागी रोटरीयनहरुले पोलियो उन्मुलनका लागि रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए । कार्यक्रम विश्व पोलियो दिवस ¥याली ब्यबस्थापन समितिका संयोजक विनोद वस्नेतको संयोजकत्वमा भएको थियो । रोटरी इन्टरनेशनलको पहलमा २४ अक्टोबरका दिन पोलियो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )