एउटै केन्द्रबाट तीन नेताको मतदान
इलाम । मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताए ।
इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने, ‘आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ ।’
यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गरे । मतदानपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको बताए ।
यसै केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गरे ।
प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS Make Money Online