दुर्गादेवीलाई नेपाल लाइफ इन्स्योरेन्सको मृत्यु दाबी भुक्तानी रकम प्रदान

दुर्गादेवीलाई नेपाल लाइफ इन्स्योरेन्सको मृत्यु दाबी भुक्तानी रकम प्रदान

बिर्तामोड । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिर्तामोड शाखाले झापा बिर्तामोड–४ का हेमराज दर्लामीको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेको छ ।

 

कोरोना संक्रमणका कारण निधन भएका हेमराज दर्लामीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिर्तामोड शाखामा ५ लाख ५५ हजार रुपैयाँ र ५ लाख ५५ हजार रुपैयाँ गरी जम्मा ११ लाख १० हजार रुपैयाँको दुई वटा बीमा गरेका थिए । उनले उक्त वीमाङ्क रकममध्ये प्रिमियम रकमवापत ४ लाख २९ हजार एक सय ९५ रुपैयाँ तिरेका थिए । त्यस्तै उनले मनी व्याक पोलेसीअन्तर्गत ५ लाख ५५ हजार रुपैयाँको वीमा गरेको मध्ये एक लाख ६६ हजार ५ सय रुपैयाँ अग्रिम भुक्तानी लिएका थिए ।

 

उक्त अग्रिम भुक्तानी रकम बाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिर्तामोड शाखाले स्व.हेमराजको परिवारलाई बीमाङ्क रकम र वोनस रकमवापत १३ लाख ११ हजार दुई सय ५६ रुपैयाँ प्रदान गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिर्तामोड शाखाले हेमराजले गरेको बीमाङ्क रकमको आधारमा उनको परिवारलाई घरमा नै गएर चेक मार्फत मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेको हो ।

 

विमक समिति नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय सदस्य वरिष्ठ एजेन्सी म्यानेजर तेजमणी प्रसाईंको अध्यक्षता तथा प्रदेश साँसद झलकसिंह दर्लामी सन्देशको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि सन्देश, नेपाल लाइफ इन्स्योरेन्सका बिर्तामोड शाखा प्रमुख अमरेन्द्रकुमार कर्ण , पेशागत वीमा अभिकर्ता संघका केन्द्रीय सदस्य तथा विमक समिति नेपाल लाइफ इन्स्योरेन्सका सल्लाहकार वरिष्ठ एजेन्सी म्यानेजर सीपी कडरियालगायतले स्व.हेमराजकी श्रीमती दुर्गादेवी दर्लामीलाई चेक मार्फत मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि सन्देशले जीवन वीमा अहिलेको आवश्यकता भएको बताउँदै सवैलाई जीवन वीमा गर्न आग्रह गरेका थिए भने नेपाल लाइफ इन्स्योरेन्स बिर्तामोड शाखा प्रमुख अमरेन्द्रकुमार कर्णले नेपाल लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाले स्व.हेमराजको परिवारलाई बिना झण्झट मृत्यु दाबी भुक्तानी रकम उपलव्ध गराएको बताए ।
त्यस्तै स्व.हेमराजकी श्रीमती दुर्गादेवी दर्लामीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिर्तामोड शाखाले घरमा नै आएर मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेकोमा खुशी व्यक्त गरिन् ।
कार्यक्रममा विमक समिति नेपाल लाइफ इन्स्योरेन्स बिर्तामोडका सचिव वरिष्ठ एजेन्सी म्यानेजर श्रीप्रसाद सिटौला , वरिष्ठ एजेन्सी म्यानेजर निर्मला खतिवडा , व्यवसाय संयोजक लक्ष्मी पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वरिष्ठ एजेन्सी म्यानेजर कमलप्रसाद कडरियाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )