बिर्तामोड । वीरता जेसीजले भारतको कोलकातामा एपीजे अब्दुल कलाम फाउण्डेसनको आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुने कलाकारहरुलाई विदाई गरेको छ ।

 वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा पूर्व अध्यक्ष बेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संयुक्तसचिव प्रभास थापामगरले आस्था वाचन  गरेका थिए । कार्यक्रममा सगरमाथा लोक साँस्कृतिक केन्द्र नेपाल बिर्तामोड झापाका अध्यक्ष एलसी श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय टोलि भारतको कोलकातामा एपीजे अब्दुल कलाम फाउण्डेसनको आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुने भएको हो । टोलीमा नृत्य कलाकारहरु प्रताप सुनुवार, प्रितम सम्वाहाम्फे, आरती लिम्वू, पूजा अधिकारी, हेम राजवंशी, कृष्ण धिमाल, रिना तामाङ, भिमा खतिवडालगायत रहेका छन् । टोलीमा सहभागी नृत्य कलाकारहरुलाई खादा लगाएर नेपालको झण्डासहित विदाई गरिएको थियो। कोलकातामा उनीहरुले नेपालको प्रतिनिधीत्व गर्दै सगरमाथा लोक सांस्कृतिक केन्द्र नेपाल बिर्तामोडले विभिन्न लोकनृत्य प्रस्तुत गर्ने सगरमाथा लोक साँस्कृतिक केन्द्र नेपाल बिर्तामोड झापाका अध्यक्ष एलसी श्रेष्ठले बताए ।  

कार्यक्रमको सञ्चालनवीरता जेसीजका महासचिव जनक खड्का र कार्यक्रम संयोजक तथा कानूनी सल्लाहकार एलसी श्रेष्ठले गरेका थिए ।