बिर्तामोड । ग्ल्यामरस नेपालद्वारा आयोजित द लिटल प्रिन्स एन्ड प्रिन्सेस २०२३ प्रतियोगितामा द लिटल प्रिन्सेस २०२३ बन्न सफल जियाना भट्टराई बिर्तामोड –७ निवासी हुन् ।
सामाजिक व्यक्तित्व भुवन भट्टराई र मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेकी छोरी जियाना बिर्तामोड –७ मा रहेको वेल्स मोडल स्कूलमा कक्षा ६ मा अध्ययनरत् रहेकी छिन् ।
सानैदेखि स्पष्ट बोल्ने जिज्ञासु स्वाभावकी जियाना पढाईमा समेत अव्वल हुनुका साथै विद्यालयमा आयोजना गरिने हरेक कार्यक्रममा समेत अव्वल प्रस्तुती दिने प्रतिभाका रुपमा परिचित रहेको विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले बताए ।
जियाना सानैदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको र उनको प्रतिभा र क्षमताले ग्ल्यामरस नेपालको आयोजनामा भएको दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२३ को उपाधि जित्न सफल भएको उनकी आमा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्ले बताउँछिन् ।
भविष्यमा मिस नेपाल बन्ने र एक सफल वकिल बनेर अन्याय र हिंसामा परेकालाई न्याय दिलाउने लक्ष्य लिएको जियाना बताउँछिन् ।