नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा भट्टराई

नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा भट्टराई

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा निर्मल भट्टराई चयन भएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघको झापाको बिर्तामोडमा भएको चौथो केन्द्रीय महाधिवेशनले भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल अलैंची व्यवसायी महासंघको प्रत्यक्षतर्फ वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द बिन्दल, उपाध्यक्षमा सुवास भट्टराई, मात्रिका घिमिरे र पार्वता  खरेल विमली , महासचिवमा नारायण चिमरिया, सचिवमा मोहन मित्तल, सुष्मा पौडेल र कोषाध्यक्षमा सुजित वंशल चयन भएका छन् ।

त्यस्तै महिला सदस्यमा यसोदा प्रसाईं, राधादेबी बोहरा क्षेत्री, माया गुरुङ र कुसुम दाहाल रहेका छन् भने खुला सदस्यमा गणेश पौडेल, विरोध सुवेदी, राजकुमार घिमिरे (राजु), सञ्जीव घिमिरे, शत्रुघन चौधरी, मुकेश अग्रवाल, मोहनकुमार उप्रेती, अमृतबहादुर सुवेदी, बालमणि बराल, इन्द्रबहादुर तामाङ, छेदेन वाञ्जो शेर्पा, जयगोपाल शाह, रामकृष्ण विष्ट, रामकृष्ण अधिकारी, होम सिटौला, जीतबहादुर वस्नेत, प्रज्वल बिमली, टंक कँडेल, प्रेमकुमार राई, किशोर कार्की र निमिशा घिमिरे सर्वसम्मत चयन भएका छन् । बाँकी सदस्य मनोनित गरिने बताइएको छ । नयाँ कार्यसमिति चयन गर्न रुद्रप्रसाद भूर्तेल संयोजक र रोहित काफ्ले सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नयाँ कार्यसमिति चयन भएसंगै पदहस्तान्तरण समेत गरिएको थियो ।

निर्वाचन समितिका संयोजक रुद्रप्रसाद भूर्तेलले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए भने महासंघका अध्यक्ष राजकुमार कार्कीले नवनिर्वाचित अध्यक्ष निर्मल भट्टराईलाई माइन्यूट बुक हस्तान्तरण गरेर पद हस्तान्तरण गरेका थिए ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल, अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा पत्रकार रोहित काफ्ले र सन्तोष न्यौपानेलाई जनही नगद १० हजार एक सयसहित सम्मान–पत्र प्रदान गरिएको थियो भने महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानालाई उत्कृष्ट कर्मचारीका रुपमा नगद १० हजार पाँच सय र अर्का कर्मचारी बिजय पाण्डेलाई ५ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै, व्यवसायी ओमकृष्ण बिमलीलाई स्व. देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ताका रुपमा सम्मान गरिएको थियो भने अलैंची किसान रामप्रसाद हुमागार्इंलाई स्व. बिजय खाकी उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट शाखाका रुपमा कास्की शाखालाई सम्मान गरिएको छ । शाखा अध्यक्ष सुरेन्द्र क्षेत्रीले सम्मानपत्र ग्रहण गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )