विमलीलाई स्व.देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ता सम्मान

बिर्तामोड । झापा बिर्तामोड –५ का अलैंची व्यवसायी ओमकृष्ण विमली उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मानित भएका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले आफ्ना पिता देवीप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरेको स्व.देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ता सम्मान बिर्तामोड –५ का अलैंची व्यवसायी ओमकृष्ण विमलीलाई प्रदान गरिएको हो ।
नेपाल अलैंची व्यवसायी महासंघको झापाको बिर्तामोडमा भएको चौथो केन्द्रीय महाधिवेशनमा अलैंची व्यवसायी ओमकृष्ण विमलीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार काकीर्,नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल, अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्कालगायतले दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरेका थिए ।
बिर्तामोड –५ मा रहेको ऊँ पाथीभरा स्टोर्सका प्रोपाइटर समेत रहेका विमलीले आफूलाई उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मान गरेर अलैंचीको व्यवसायमा लाग्न अझ हौसला प्रदान गरेको भन्दै खुशी व्यक्त गरे ।