प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

झापा , प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।
मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता समेत रहेका आचार्यले बिहीबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त मुख्यमन्त्री आचार्यलाई सपथ ग्रहण गराएका हुन् ।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाई दलको नेता चयन गरेको थियो।
प्रतिक्रिया व्यक्त गर्नुस्