बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा र उपप्रमुखमा नगेन्द्र

बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा र उपप्रमुखमा नगेन्द्र

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाईं र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी बनेका छन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट प्रसाईं र संग्रौला उम्मेदवार बनेका थिए । प्रसाईं नेपाली काँग्रेसका भोजराज सिटौलालाई तीन हजार ७ सय ५८ मतले पराजित गरी प्रमुखमा विजयी वनेकी हुन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरेकी थिइन् भने सिटौलाले १२ हजार ७ सय ६२ मत प्राप्त गरे । प्रसाईं यस अघि बिर्तामोड नगरपालिकाकी उपप्रमुख थिइन् । उपप्रमुख हुँदा प्रसाईंले गरेका कार्यको उच्च मूल्याङ्कन गरी बिर्तामोड नगरका मतदाताले उनलाई पाँच वर्षका लागि बिर्तामोड नगरपालिकाको वागडोर सम्हाल्न दिएका हुन् । यो संगै प्रसाई झापाकै पहिलो महिला प्रमुख वनेकी छिन् । त्यस्तै उपविजेता सिटौला यस अघि बिर्तामोड –३ का वडाध्यक्ष थिए ।

त्यसैगरी उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी बनेका छन् । संग्रौला १५ हजार ५ सय ८६ मत प्राप्त गरी विजयी बनेका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी माओवादीका सिपी कडरियाले आठ हजार ४ सय ५१ मत प्राप्त गरी उपविजेता बने ।संग्रौला यसअघिको कार्यकालमा बिर्तामोड –२ को वडाध्यक्ष रहेका थिए ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड–१ मा अग्निप्रसाद पाण्डे,२ मा किशोर पौडेल,३ मा मदन बुढाथोकी,४ मा राहुल शर्मा,७ मा अविरलकृष्ण खरेल,९ मा हरिप्रसाद चौलागाईं वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट बिर्तामोड–५ मा रोहित प्रसाईं,६ मा सूर्यप्रसाद कन्दङ्वा र १० मा दुर्योधन गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिर्तामोड–८ मा अजय कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )