स्वरोजगार भवानी सहकारी पसल सञ्चालनमा

स्वरोजगार भवानी सहकारी पसल सञ्चालनमा

बिर्तामोड । झापाको बिर्तामोड –५ मा रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार भवानी सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

संस्थाले एक करोड ५० लाख रुपैयाँको लागतमा काँकरभिट्टा रोडको षोडषी भवनको भुँईंतलामा स्वरोजगार भवानी सहकारी पसल सञ्चालनमा ल्याएको हो । स्वरोजगार भवानी सहकारी पसलको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षता तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धुलावारी सेवाकेन्द्रका सञ्चालक समिति सदस्य सुरेन्द्र बुढाथोकीले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, मनमोहन सामुदायिक अस्पतालका कार्यकारी निर्देशक रोमणी भट्टराईलगायतले सहकारी पसलको सेवा नाफामुखी नभएर सेवामुखी हुनुपर्ने बताए ।
कार्यक्रममा युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले सहकारी पसल निरन्तरताको शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष केशव बस्नेतले संस्थाले सहकारी पसल सञ्चालन गरेर उपभोक्तालाई एउटै छानामुनी खाद्यान्न, घरायसी सामग्री , गिफ्ट आइटमलगायतका सामग्री उपलव्ध गराइएको बताए । उक्त सहकारी पसलमा आगामी जेठ १२ गतेसम्म सवै सामग्रीमा दुई प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्टराईले गरेको संस्थाका नारायण न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )