बालकक्षा सहयोगी सहजकर्तालाई तालिम

बालकक्षा सहयोगी सहजकर्तालाई   तालिम

बिर्तामोड । सेतो गुँरास वालविकास सेवा झापा र सेतो गुँरास राष्ट्रिय वालविकास सेवा ललितपूरको आयोजनामा बालकक्षा सहयोगी सहजकर्ताका लागि तीन दिवसिय तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

नेपालको प्रारम्भिक वालविकास अध्ययनमा सहयोग परियोजना अन्तर्गत झापाका १५ वटै पालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको थियो ।
सेतो गुँरास वालविकास सेवा झापाकी अध्यक्ष कृष्णमाया रिजालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालको प्रारम्भिक वालविकास अध्ययनमा सहयोग परियोजना संयोजक प्रकाश रेग्मीले औचित्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संग्रौला ,जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, विर्तामोड नगरपालिकाका नगर शिक्षा प्रमुख तिलचन भण्डारी, सेतो गुँरास राष्ट्रिय वालविकास सेवा ललितपूरकी कोषाध्यक्ष कौशिला खरेल, प्रशिक्षक पम्फा खड्कालगायतले शुभकामना दिएका थिए ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा झापाका १५ वटै पालिकाका ५० जना बाल कक्षा सहयोगी सहजकर्ताहरुको सहभागिता रहेको तालिमकोसहजीकरण सेतो गुँरास वालविकास सेवाका प्रशिक्षकहरु भीमा राई, पम्फा खड्का ,कौशिला खरेल,माधवीसिंह राजवंशीलगायतले गरेका थिए ।
कार्यक्रममा तालिमका सहभागीहरु हेमकुमारी प्रसाईं,चन्द्रकला भण्डारीले विदाइ गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथिलाई तालिमका सहभागीले बनाएका सिकाई क्षेत्रको अवलोकन गराइएको सेतो गुँरास वालविकास सेवा झापाकी उपाध्यक्ष ममता ढकालले बताइन् ।
कार्यक्रममा तालिमका प्रशिक्षक, सहभागी र सहयोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सेतो गुँरास वालविकास सेवा झापाकी सचिव माधवीसिंह राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )