विराट अर्जुन उपभोक्ता सहकारीद्वारा स्थापना दिवसमा सहयोग

विराट अर्जुन उपभोक्ता सहकारीद्वारा स्थापना दिवसमा सहयोग

बिर्तामोड । झापाको बिर्तामोड –४ मा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संंस्था लिमिटेडले बिर्तामोड –२ चारपानेमा रहेको विवेकाश्रम तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालयमा आवासिय रुपमा रहेका गुरु तथा बटुकहरुका लागि खाद्यान्न तथा सरसफाईका सामग्री प्रदान गरेको छ ।

संस्थाको १३ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निभाउँदै उक्त सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष नविन खरेलले बताए । संस्थाका अध्यक्ष नविन खरेलको नेतृत्वमा गएको संस्थाका पदाधिकारी, कर्मचारीहरुको टोलीले विवेकाश्रमका महासचिव तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्य छन्दुराम भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षता तथा विवेकाश्रमका महासचिव तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्य छन्दुराम भण्डारीको आतिथ्यमा भएको कार्यक्रममा संस्थाको गतिविधी र सहकारी पसलको बारेमा संस्थाका उपाध्यक्ष तथा सहकारी पसलका व्यवस्थापक यादवकुमार ओलीले जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष खरेलले विराट अर्जुन उपभोक्ता सहकारी संंस्थाले विगतका वर्षहरुदेखि नै सामाजिक कार्य गरेर स्थापना दिवस मनाउँदै आएको बताए भने विवेकाश्रमका महासचिव तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्य भण्डारीले विराट अर्जुन उपभोक्ता सहकारी संंस्थाप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाले गरेको रचनात्मक कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेको सदस्य सञ्जोग खरेलले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )