इनरह्वीलको मेहन्दी लगाउने कार्यक्रम

इनरह्वीलको  मेहन्दी लगाउने कार्यक्रम

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले मेहन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीको अध्यक्षता तथा चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलको आतिथ्यमा उक्त कार्यक्रम गरिएको हो ।
सहकर्मीहरुको माया, सद्भाव र आत्मीयतालाई मेहन्दीको रंग झै गाढ़ा बनाउँदै संस्कार र परम्परालाई आत्मसात गर्ने उद्धेश्यले मेहन्दी लगाउने कार्यक्रम‘ गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीले बताइन् । कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारीहरुलाई मेहन्दी लगाइदिनुका साथै चुरा, पोते, टीका समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )