बिर्तामोडमा अल फेसन स्टोर्स सञ्चालनमा

बिर्तामोडमा अल फेसन स्टोर्स सञ्चालनमा

बिर्तामोड । झापा बिर्तामोडका ढकाल दम्पत्तिले अल फेसन स्टोर्स सञ्चालनमा ल्याएका छन् ।

 

बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल (ढकाल)ले बिर्तामोड–५ कृष्ण हलरोडमा अल फेसन स्टोर्स सञ्चालनमा ल्याएका हुन् । डेढ वर्ष अघि विर्तामोडमा फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएका उनीहरुले व्यवसायिक सफलतासंगै अल फेसन स्टोर्स सञ्चालनमा ल्याएका हुन् । अल फेसन स्टोर्सको उद्घाटन
ढकालकी आमा सावित्रा ढकाल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी र बीरता लेडी जेसीजकी अध्यक्ष संगिता चिमरियाले गरेका थिए । अल फेसन स्टोर्समा विश्वका जुनसुकै मुलुकमा पाइने महिलाहरुका ब्याग, जुत्ता, चप्पल र कपडा उपलब्ध हुने सञ्चालक एलिना रिजाल (ढकाल)ले बताइन् । महिलाका लागी फेसनेवल ब्याग, जुत्ता, चप्पल र कपडालगायतका सामग्री अनलाइनबाट पनि अर्डर गर्न सकिने उनले बताइन् ।
झापाका अग्रज पत्रकार स्व.मदन ढकाल र सावित्रा ढकालका छोरा वुहारी सिर्जन र एलिनाले आमावुवाको इच्छा नै छोरावुहारीले स्वदेशमै उद्यम गरेर आत्मनिर्भर वन्नु रहेकाले आफूहरुले अल फेसन स्टोर्स र फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा सहभागी बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, बीरता लेडी जेसीजकी अध्यक्ष संगिता चिमरियाले व्यवसायिक सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन ढकाल ,शिला ढकाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )