२५ फागुनदेखि मुलुकभर ‘मंगलम’
दमक । २५ फागुनदेखि मुलुकभर छविराज ओझाको ‘मंगलम’ नेपाली कथानक चलचित्र प्रदर्शनमा आउने भएको छ ।
आइतबार फिल्मी यूनिटले दमकमा पत्रकार सम्मेलन गरी २५ फागुनदेखि मंगलम आउने जनाएको हो ।
फिल्मका निर्माता ओझाले मंगलम युनिट आफनो बजारका लागि देश दौडाहामा निस्किएको बताए ।
‘देशका मुख्य शहर, बजारमा कलाकारसहित हाम्रो युनिट निस्किएको छ,’ उनले भने ।
सञ्चारकर्मीमाँझ निर्माता ओझाले आफनो २३ औँ यस फिल्मबाट समेत दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताए ।
निर्देशक नवल नेपालले दर्शकले चलचित्र हेरेपछि नेपाली बासना, स्वाद प्राप्त गर्ने टिप्पणी गरे ।
मंगलम विशुद्ध पारिवारिक फिल्म भएको बताउँदै निर्देशक नेपालले भने, ‘यस फिल्मले समग्र नेपाली फिल्मी उद्योगमा नयाँपन दिन खोजिएको छ ।’
पत्रकार सम्मेलनमा कलाकारद्वय शिल्पा पोखरेल, पुष्प खड्का र फिल्म वितरक चैतन्य बराल लगायतले नेपाली फिल्मी बजारमा ‘मंगलम’ले बजार लिने बताए ।