बिर्तामोडमा ‘बडी ग्यारेज’ फिटनेश सेन्टर
बिर्तामोड । झापाको बिर्तामोडमा सोमबारदेखि प्रदेश नम्बर १ कै सुविधासम्पन्न आधुनिक फिटनेश सेन्टर ‘बडी ग्यारेज’ सञ्चालनमा आएको छ ।
मिष्टर नेपालका उपाधि विजेता गोल्ड मेडलिष्ट राम दाहाल र हिमालय किङ्डम नेप्लिज फाउण्डेशन अफ बडीबिल्डिङ एण्ड फिटनेशका केन्द्रीय सदस्य दिपेन चौधरीले संयुक्त रुपमा सञ्चालनमा ल्याएको बडी ग्यारेजको संघीय प्रहरी इकाई मेचीका वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले उद्घाटन गरे ।
एक करोड १५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको बढी ग्यारेजमा जीमअन्तर्गत वेट ट्रेनिङ, कोर्डियो ट्रेनिङ, पर्सनल फिजिकल ट्रेनिङ, गरिने सञ्चालक राम दाहालले बताए ।
त्यस्तै बडी ग्यारेजमा पूर्वमा पहिलोपटक जुम्बाको ट्रेनिङसमेत सञ्चालन गरिने र सर्टिफाइट जुम्बा ट्रेनर निसा पोमु लिम्बूले जुम्बाको ट्रेनिङ दिने उनले बताए ।
प्रत्येक दिन बिहान ४ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ९ बजेसम्म हुने जुम्बाको टे«निङ अन्तर्गत मिरिङ्गे कुम्बिया, रेगेटोन, साल्सा लगायत सिकाइने जुम्बा ट्रेनर लिम्बूले बताइन् ।
बडी ग्यारेजले उद्घाटनको अवसर पारेर कक्षा सञ्चालन भएको एक हप्तासम्म भर्ना हुनेलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक दीपेन चौधरीले बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी, मनोज अग्रवाल, आदित्य पराजुली, राजकुमार कन्दङ्वा, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौला, रोशन प्रसाईं लगायतले बडी ग्यारेजको सफलताका लागि शुभकामना दिएका थिए ।