गोर्खा साकोसको साधारण सभामा रक्तदान

गोर्खा साकोसको साधारण सभामा रक्तदान

बिर्तामोड । गोर्खा बचत तथा ऋण सहकारी संस्था बिर्तामोड झापाको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष मनबहादुर पाहिमको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका पूर्व सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल शिवाकोटीले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मनबहादुर पाहिमले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य एकहजार ८ सय जना, शेयरपुँजी एक करोड २४ लाख २७ हजार ७ सय रुपैयाँ , .जगेडा कोषमा २२ लाख ६० हजार ४ सय ९ रुपैयाँ ७६ पैसा , निक्षेप ३ करोड ५३ लाख १० हजार ८ सय ९२ रुपैयाँ ९९ पैसा, ऋण लगानी ४ करोड ८६ लाख ६८ हजार ७ सय ६८ रुपैयाँ , नाफा २३ लाख ६२ हजार ८ सय ८२ रुपैयाँ ३२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता देवराज वराल, गंगा राई, रञ्जिता लिम्बु, रमेश क्षेत्री, बिष्णु तिम्सिना, असल ऋणि विशाल अग्रवाल, विष्णु गुरुङ, एलिना मावो, मुक्तावली कोइराला, सुशिला धिताल, जेष्ठ नागरिक डाकप्रसाद सुवेदी, उत्कृष्ट कर्मचारी भुवनेश्वरी दुलाल र एसईईमा उत्कृष्ट दिक्षा नेपाललाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद सुहाङ , सल्लाहकार संयोजक धनपति भट्टराई , राष्ट्रिय सहकारी वैंक बिर्तामोडका कमल न्यौपाने, गोर्खा फाइनाइन्सकी बिर्तामोड शाखा प्रमुख रोहिता इङनामलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा रक्तदान समेत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेकोसंस्थाका उपाध्यक्ष सुनिल शिवाकोटीले जानकारी दिए ।

लेखा समितिका संयोजक प्रकाशकुमार सिटौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक सुरेश गौतमले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )